
सुपर खुदी हाइड्रोपावरलाई आइपीओ बिक्रीको अनुमति



काठमाडौं । सुपर खुदी हाइड्रोपावरले आईपीओ निष्काशनको अनुमति पाएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डलेले आईपीओ जारी गर्ने अनुमति दिएको हो ।
बोर्डले अकिंत मूल्य १०० रुपैयाँमा ३१ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति प्रदान गरेको हो । यो कम्पनीको सेयर निष्काशक तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

