
सुधारको लय समात्दै नेप्से परिसूचक



काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से परिसूचकमा सामान्य सुधार आएको देखिन्छ । सो दिन बजार मापन गर्ने सूचक ५.७० अंकले बढेको बेलामा परिसूचक २६२५।७० बिन्दुमा पुगेको हो ।
यता, ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता सेयर ४ अर्ब ५ करोड ३७ लाख २० हजार ७२८ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, कारोबारमा होटल, निर्जीबन बीमा र ट्रेडिङ समूह बाहेक सबै समूहको उपसूचकमा हरियाली छाएको दिन कारोबारमा १४३ कम्पनीको मूल्य बढेको छ भने १०४ कम्पनीको घटेको हो ।
आज स्वस्थित लघुवित्त र एसवाई प्यानलको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको परिसूचकमा देखिएको हो ।

