
सानिमा रिलायन्स लाइफको लाभांश घोषणा



काठमाडौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर सहित) विरतण गर्ने निर्णय गरेको हो।
यो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ।

