
प्रभुमहालक्ष्मी लाइफको ९ औँ वर्षमा प्रवेश, प्रविधिमैत्रि सेवा विस्तारमा अघि बढ्ने सीईओको प्रतिबद्धता



काठमाडौं । प्रभुमहालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड ९ औँ वर्षमा प्रवेश गरेको छ । बीमा क्षेत्रको अग्रणी कम्पनीका रुपमा रहेको यो कम्पनीले आफ्नो यात्राको ८ औँ वर्ष पुरा गरेर ९ वर्षमा प्रवेश गरेको हो ।
यो त्रायामा कम्पनीले जीवन बीमाको क्षेत्रका दरिलो उपस्थिति जनाएको छ । आफ्ना बीमितहरु सरोकारवाल निकायहरुमा विश्वासीले सेवा प्रवाह गर्न सकिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईले जानकारी दिए । पहिचान विस्तारमा कम्पनीले निरन्तर रुपमा ८ वर्ष देखि सेवा दिदै आएको बताउँदै उनले प्रविधि र नव प्रबद्र्धन र ग्राहक केन्दीत दृष्टिकोण मार्फत संस्थागत पहिचान थप मजबुद बनाएको सीईओ प्रसाईको भनाइ छ । आगामी दिनमा यसलाई थप मजबुद बनाएर लागने उनको प्रतिबद्धता रहेको छ ।
हरेक नेपालीको जीवनमा सहजता, आर्थिक रुपमा सुरक्षाको भावना र उज्जल भविष्य निर्माणमा लाग्न पाउने जिम्मेवार मात्रै नभएर निकै गर्वको विषय भएको उनको भनाइ छ । ‘लगानीकर्ताको भरोसा, अभिकर्ताको अथक परिश्रम, कर्मचारीको समप्रण र अहिलेसम्मका सञ्चाल समितिका सदस्य तथा अध्यक्षहरुको अभिभावकत्व साथै नियामकीय निकायको मार्गनिर्देशन हाम्रा सफलताका आधार स्थम्ब हुन्,’ उनले भने । ९ औँ वर्षमा प्रवेश गरेसँगै आधुनीक प्रविधिको प्रयोग गरेर बीमालाई अझ सहज र सरल बनाउने उनको प्रतिबद्धता रहेको छ ।

