
शिवम सिमेन्ट्सको दशौं बार्षिक साधारणसभा सम्पन्न, १२.५० प्रतिशत लाभांश पारित



काठमाडौं । शिवम सिमेन्ट्स लिमिटेडको बार्षिक साधारणसभा आज राष्ट्रिय सभा गृह प्रदर्शनी मार्ग, काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका संचालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सम्पन्न बार्षिक साधारणसभाले १० प्रतिशत नगद लाभांश र २.५० प्रतिशत (कर प्रयोजनको लागि) गरी कुल १२.५० प्रतिशत लाभांश पारित गरेको छ ।
त्यसै गरी सभाले आर्थिक वर्ष २०८१÷/८२ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको बार्षिक प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०८१/०८२ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका ले.प. सम्बन्धी अनुसूचिहरु एपर छलफल गरी पारित गर्ने र कम्पनीको आर्थिक वर्ष २०८२/०८३ को आयव्ययको लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यसै गरी सभाले कम्पनी संचालक समितिको निर्णयले रिक्त रहेको संचालक संख्या १ बाँकी कार्यकालका लागि संचालक समितिले गरेको नियुक्ती तथा मनोनयनलाई सभाले अनुमोदन समेत गरेको छ ।

