
भन्सार एजेन्टका माग सम्बाेधन हुने भएपछि पेनडाउन कार्यक्रम फिर्ता



काठमाडौं । आफ्ना माग सम्बोधन भएपछि भन्सार एजेन्टहरुले विरोधस्वरुप अघि बढाएको पेन डाउन कार्यक्रम फिर्ता लिएकाे छ ।
भन्सार एजेन्टहरुले देशभरका भन्सार कार्यालयहरुमा पेन डाउनलगायतका विरोध कार्यक्रम प्रति भन्सार विभाग र महासंघबीच छलफल भइ सकारात्मक रुपमा महासंघका माग सम्बोधन गर्ने भएकाले पेन डाउन कार्यक्रम फिर्ता लिइएको विज्ञप्तिमा जनाइएको छ ।
भन्सार एजेन्ट महासंघका तर्फबाट आएका व्यवस्थापन सुधार गर्ने र विभागरकार्यालयबाट सम्बोधन हुने प्रकृतिका मागहरू क्रमशः कार्यान्वयन गर्दै जाने भन्सार विभागले जनाएकाे छ ।
यस्तै एजेन्टका नियमावलीमा सम्बोधन गर्नुपर्ने उपयुक्त मागका विषयमा अर्थ मन्त्रालयमा अवगतार्थ पठाउने निर्णय भएको पनि विभागले जनाएकाे छ ।
भन्सार एजेन्टहरुले पेशागत हकहित, काम गर्ने सहजता र अन्तराष्ट्रिय व्यापार सहजीकरणमा समेत नराकात्मक असर पुर्याउने वातावरण सिर्जना भएको हुँदा मंसिर २३ गतेदेखि विरोध स्वरुप पेन डाउन गर्दै आएका थिए ।

