
पाँचथर पावर कम्पनीले शतप्रतिशत हकप्रद निष्कासन गर्ने



काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले यसका लागि अनुमति माग्दै मंसिर १७ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।
पाँचथर पावर कम्पनी एक जलविद्युत (हाइड्रोपावर) कम्पनी हो। हाल यस कम्पनीको चुक्ता पूँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ। कम्पनीले चुक्ता पूँजी मूल्य बराबरको हकप्रद शेयर ल्याउन लागेको हो।
जस अनुसार कम्पनीले नेपाल धतोपत्र बोर्डबाट अनुमति पाएको खण्डमा प्रतिकित्ता १०० रुपैयाँका दरले १ बराबर १ को अनुपातमा कुल ९६ लाख २५ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।
यसमा हकप्रद शेयर निष्कसन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ।

