
सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्दा कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुन तोलामा २०० रुपैयाँले घटेको छ भने चाँदी तोलाको ५० रुपैयाँले महंगो भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा झरेको छ । गत शुक्रबार छापावाला सुन प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँ रहेको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार ६०५ रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ । गत शुक्रबार चाँदी प्रतितोला ३ हजार ५५५ रुपैयाँका दरले खरीद–बिक्री भएको थियो ।


