
प्रि ओपन सेसनमा साढे १ अंकले घट्यो नेप्से



काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले घटेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १.४८ अंकले घटेर २६२९.६९ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.६१ अंकले घटेर ४५०.८५ विन्दुमा पुगेको छ । आजको उक्त सेसनमा १९ कम्पनीको सेयर मूल्य बढेको छ भने २५ कम्पनीको घटेको छ । त्यस्तै यो सेसनमा ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आजको उक्त सेसनमा ४८ कम्पनीका ९० हजार ३५६ कित्ता सेयर १४८ पटक खरिद बिक्री हुँदा ५ करोड २६ लाख २० हजार ७०२ रुपैयाँको कारोबार भएको छ ।


