
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ९०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी तोलामा ७० रुपैयाँले घटेर प्रतितोला तीन हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको हो ।