
मंसिर २० गतेदेखि दुई महिनासम्म बन्द हुँदै काठमाडौं-हेटौंडा जोड्ने राजमार्ग



काठमाडौं । काठमाडौं–हेटौंडा जोड्ने कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले एक सूचना जारी गर्दै यही मंसिर २० गतेदेखि बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म २ महिना राजमार्ग बन्द गर्न लागिएकाे जानकारी दिएकाे हाे ।
राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने काम भइरहेकोले राजमार्ग बन्द गर्न लागिएकाे कान्ति राजमार्ग सडक योजना ललितपुरका सूचना अधिकारी एवम् इन्जिनियर उपेन्द्र महरानले बताए ।
६० दिनसम्म बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सवारी आवागमन बन्द हुनेछ भने साे अवधिमा उक्त सडक हुँदै यात्रा गर्ने सवारी साधनहरूलालाई वैकल्पिक मार्ग प्रयाेग गर्न जिल्ला प्रशासन कार्यालय ललितपुरले सुचना जारी गरेकाे छ ।

