
पक्राउ परे प्रभु बैंकका सीईओ अशोक शेरचन



काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन प्रकाउ परेका छन् । उनलाई भर्खर मात्रै नियन्त्रणमा लिइएको हो ।
आर्थिक रकम हिनामिना गरेको आरोप समेत उनी माथि लाग्दै आएको छ । आधिकारीक रुपमा किन उनलाई समातिएको हो र अबको निचोड के हुने हो भन्नेमा प्रष्ट भने भइसकेको छैन ।
पछिल्लो समय प्रभु बैंकका एकपछि अर्को गरी उच्च तहका व्यक्तीहरु अनुसन्धानको दायरामा तानिएका छन् ।
सीईओ शेरचन प्रहरी नियन्त्रणमा पुगेसँगै सत्य, तथ्य खुलासा हुने आशा आम ग्राहक, नागरिक तथा सरोकारवालाहरुले प्रकट गर्न सुरु गरेका छन् ।
बीमा कसुर ऐन केही निरीह रहेको बेलामा यता बैंकिग कसुर ऐन भने थप मजबुद रहेको आम विश्वास समेत रहदै आएको अवस्था छ ।


