
नेप्से परिसूचक ५०.४४ अंकले बढ्यो



काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक ५०.४४ अंकले बढेको छ । सोमबार सो परिसूचक २६५०.६६ बिन्दु कायम भएको हो।
उता, कारोबारको सुरुवातबाट बढेको बजारले अन्तिमसम्म वृद्धिको लय कायमै राखेको अवस्था छ । त्यस्तै, सोही दिन ३ सय ३० कम्पनीको १ करोड ४२ लाख ४ हजार ३६२ कित्ता सेयर ७ अर्ब ३ करोड ५४ लाख ८० हजार १३६ रुपैयाँको कारोबार भएको बेलामा कारोबार रकम पनि उकालो लाग्ने क्रममा नै रह्यो ।
त्यसरी नै, बैंकिङ समूहको १८.९५, विकास बैंक ६६.०५, वित्त कम्पनी ३२.५३, होटल १५१.०१, जलविद्युत २७.२८, जीवन बीमा ६४४.९९, उत्पादन तथा प्रशोधन १२३.१६, माइक्रोफाइनान्स ९५.२७, निर्जीबन बीमा ३२१.१४, अन्य ३९.९९ तथा ट्रेडिङ समूहको उपसूचक २९.२९ अंकले बढ्न पुगे।
साथै, सोमबारको कारोबारमा चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको बेलामा २ सय १५ कम्पनीको मूल्य बढेको तथा ३७ कम्पनीको घट्न पुगेको नेप्से परिसूचकमा देखिन्छ ।


