
युनाइटेड अजोड इन्स्योरेन्सको रेटिङ त्रिपल बी प्लस कायम हुन सफल



काठमाडौं। निर्जीवन बीमक युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले रेटिङ नकारात्मक प्रभावसहितको वाचबाट हट्न सफल भएको छ। त्यस्तो सूचक रेटिङ संस्था इक्रा नेपालले जारी गरेको प्रतिवेदनमा इश्युअर रेटिङ पूर्ववत् त्रिपल प्लस स्तरमै कायम राख्दै त्यसलाई नकारात्मक प्रभावसहितको वाचबाट हटाइएको बताइएको हो ।
यता, सोही कम्पनीले वित्तीय दायित्व समयमै तिर्ने क्षमतामा मध्यम स्तरको सुरक्षा रहेको संकेत गर्ने तथा त्यस्तो रेटिङ कुनै विशेष ऋण साधनका लागि नभई कम्पनीको समग्र क्रेडिटयोग्यतामा आधारित राय मात्र भएको जनाइएको हो।
साथै, रेटिङमा प्रयोग हुने प्लस तथा माइनस चिन्हहरूले सोही श्रेणीभित्र कम्पनीको तुलनात्मक स्थान जनाउने बताइएको छ ।

