
सिमरा विमानस्थलमा जेन्जी यूवाहरुको प्रदर्शन, स्थिती सामान्य बनाउन कर्फयू



काठमाडौं । बारा जिल्लाको सिमरा बिमानस्थलमा जेन्जी समूहका यूवाहरुले प्रदर्शन गरेका छन् ।
सोही स्थिती सामान्य बनाउन प्रशासनले कर्फयू जारी गरेको हो ।
अहिले उडान प्रभावित हुनुका साथै प्रदर्शनले केही उग्र रुपम समेत लिन पुगेको अवस्था छ ।
राजनैतीक खिचातानीले एकपछि अर्को संरचनादेखि मानविय क्षती समेत बढी रहेको बेलामा शान्तीपूर्ण समाधानको मार्ग अपनाउनु पर्ने आवाज समेत चौतर्फी रुपमा उठ्न थालेका छन् ।

