
दोहोरो अकंले बढ्यो बजार



काठमाडौँ । आज शेयर बजार दोहोरो अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७० अकंले बढेर २५६६.०७ बिन्दुमा कायम भएको छ । आज ३४५ कम्पनीको ९२ लाख ५५ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १० करोठ ५४ लाख ६ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।
यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज विकास बैंक समूहको १.२५ प्रतिशत, होटल तथा पर्यटन समूहको १.२८ प्रतिशत र इन्भेष्टमेन्ट समूहको १.०३ प्रतिशतले शेयर मूल्य बढेको छ ।
मंगलबार २०७ कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ कम्पनीको घटेको छ । ५ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ ।

