
आन्दोलनको तयारीमा रहेका दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ



काठमाडौं । मंसिर ७ गते पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आन्दोलन गरी देश नै ठप्प पार्ने तयारीमा रहेका दुर्गा प्रसाईंलाई प्रहरीले गए राति पक्राउ गरेको छ। उनलाई भक्तपुरको ठिमीस्थित आफ्नै निवासबाट राति सुतिसकेपछि पुगेको प्रहरीको टोलीले पक्राउ गरेको हो। प्रहरीले उनलाई नियन्त्रणमा जिल्ला प्रहरी परिसर भद्रकालीमा राखेको छ।
प्रसाईंले सोमबार पत्रकार सम्मेलन गरेर देशको अवस्था परिवर्तन गर्न व्यवस्था नै फेर्नुपर्ने भएकाले मंसिर ७ गते देशभर आन्दोलन गर्ने घोषणा गरेका थिए। उनले केही दिन अघि मात्र सरकार समक्ष सरकारी कर्मचारीको न्यूनतम तलब १ लाख रुपैयाँ कायम गर्नेदेखि संघियता खारेजीसम्मको माग राखेका थिए।

