
शिवम् सिमेन्ट्सले बोलायो साधारणसभा



काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २५ गते काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा बिहान साढे १० बजे दशौं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ।
उक्त साधारणसभाले आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको २.५० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ।
साधारणसभा तथा लाभांश विरतण प्रयोजनार्थ कम्पनीले मंसिर ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा मंसिर १० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

