
मौलाकाली केबलकार बटम स्टेशनका संरचनाहरूको आवश्यक मर्मत–सम्भार सम्पन्न

काठमाडौं । मौलाकाली केबलकार बटम स्टेशनका संरचनाहरूको आवश्यक मर्मत–सम्भार सम्पन्न भएको छ । भदौ २४ को घटनाले सो क्षेत्रमा क्षती पुर्याएको थियो ।
अहिले सोही जानकारी स्वरुप चन्द्र प्रसाद ढकालले समेत आफ्नो फेसबुक वालमा केही कोरेका छन् ।
यस्तो छ ढकालको वालमा
गत भदौ २४ गतेको घटनाबाट प्रभावित मौलाकाली केबलकार बटम स्टेशनका संरचनाहरूको आवश्यक मर्मत–सम्भार सम्पन्न भइसकेको छ। अब केबलकार सेवा तथा माथिल्लो स्टेशनमा अवस्थित इला होटल एण्ड रिसोर्ट दुवै पूर्ण रूपमा सञ्चालनमा आएका छन्। हिजो आइतबार बेलुकादेखि प्राविधिक परीक्षण सफल भइ केबलकार पनि संचालनमा आएको छ र १र२ दिनको परीक्षण पस्चात सर्वसाधारणको लागि खुल्ला हुनेछ।
हामी अझ सबल र सक्षम रूपमा तपाईंहरूको सेवामा फर्किएका छौँ। आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमार्फत स्थानीय समुदायको आर्थिक र सामाजिक रूपान्तरणमा योगदान पुर्याउँदै, मुलुकको समग्र विकास तथा नेपाल सरकारको लक्ष्य हासिल गर्न सहयोग गर्नु हाम्रो दायित्व हो भन्ने हामी दृढतापूर्वक विश्वास गर्छौँ। हामी नयाँ ऊर्जा, नयाँ उत्साह र अझ स्तरीय सेवामा पूर्ण रूपमा समर्पित रहनेछौँ।
अप्ठ्यारो परिस्थितिमा हामीप्रति साथ, सहयोग, हौसला र विश्वास प्रकट गर्ने नेपाल सरकारका विभिन्न निकायहरू, राजनीतिक दलहरू, संघ–संस्था, स्थानीय समुदाय, उद्यमी व्यवसायी तथा शेयरहोल्डर साथीहरु, सञ्चारकर्मी मित्रहरु लगायत सम्पूर्ण शुभचिन्तकप्रति हार्दिक आभार व्यक्त गर्दछु।


