
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य तोलामा ६० रुपैयाँले घटेर प्रतितोला ३ हजार २८५ रुपैयाँमा आइपुगेको छ ।