
फेदीखोला हाइड्रोपावरको १७ लाख ६० हजार कित्ता आईपीओ बजारमा आउँदै

काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १७ करोड ६० लाख रुपैयाँ १७ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँका २२ प्रतिशत अर्थात् १७ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
आईपीओ निष्कासन गर्न लागेको कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । उक्त नियुक्ती सम्बन्धी सम्झौतामा बुधबार फेदीखोला हाइड्रोपावर कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलाल तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरे ।
भोजपुर जिल्लाको सापाल्पासिलिछो गाउँपालिका–६ मा स्थित फेदी (थुमलुङ्ग) खोलामा निर्माण भइरहेको ४.३ मेगावाटको फेदी (थुमलुङ्ग) जलविद्युत आयोजनाको कुल लागत करिब ९४ करोड रुपैयाँ रहेको छ । हालसम्म करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको आयोजनाको दाबी छ । आयोजनना २०८२ माघ भित्रमा सम्पन्न गर्ने लक्ष रहको र नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथा सम्भव छिटो निष्काशनको प्रक्रिया अगाडी बढाईने प्रबन्ध सञ्चालक दुलालले बताए ।


