
यस्तो छ जेन्जी आन्दोलनमा बीमा कम्पनीहरुको भुक्तानीको अवस्था

काठमाडौं । बीमा कम्पनीहरुले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको क्षतिको दाबी धमाधम तिरी रहेका छन् । यस्तो बेलामा अहिले सबैभन्दा धेरै भुक्तानी गर्ने कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको बीमा प्राधिकरणको तथ्यांकले देखाउँछ ।
उसले हालसम्म आउँदा १ अर्ब ५७ करोड ५१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। कम्पनीमा ५ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ बराबरको ४०१ वटा दाबी परेको देखिन्छ ।
यता, आन्दोलनमा भएको क्षतिमा दि।ओरिएन्टल इन्स्योरेन्स कम्पनीले ४ करोड १९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको बेलामा आइजिआई इन्स्योरेन्स कम्पनीले ५५ करोड ४४ लाख, शिखर इन्स्योरेन्स कम्पनीले ६६ करोड २६ लाख र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ८ करोड ७४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो।
त्यसरी नै निर्जीवन बीमा तर्फकै नेको इन्स्योरेन्स कम्पनीले १९ करोड ३९ लाख रुपैयाँ भुक्तानी गरेको बेलामा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले २७ करोड ४३ लाख, सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले ७ करोड ६४ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले २ करोड ३८ लाख र एनएलजी इन्स्योरेन्स कम्पनी कम्पनीले ६ करोड ५९ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्।
साथै, नेपाल इन्स्योरेन्स कम्पनीले ११ करोड ५७ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्स कम्पनीले ३१ लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले ५२ लाख रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले ३ लाख रुपैयाँ, ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीले २२ लाख, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले १२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा देखिन्छ ।



