
स्वस्तिक लघुवित्तको आईपीओ सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) स्वस्तिक लघुवित्तको आईपीओ सूचीकृत भएको छ । सोमबार कम्पनीको पाँच लाख ७७ हजार ५ सय कित्ता शेयर सूचीकृत भएको हो ।
शेयर सूचीकृत भएसंगै मंगलबारबाट नेप्सेमा कम्पनीको शेयर कारोबार सुरु हुने छ । मंगलबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १७१.७८ रुपैयाँदेखि ५१५.३४ रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ ।


