
आत्मनिर्भर लघुवित्त नाफामा
			
				
                
                                                                    
                                                                
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको असोज मसान्तसम्म १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
कम्पनी अघिल्लो आवको असोज मसान्तसम्म ४३ लाख ५३ हजार रुपैयाँ खुद नोक्सानीमा रहेकोमा यस वर्ष भने नोक्सानी घटाउँदै नाफा कमाउन सफल भएको वित्तीय विवरणले देखाएको छ।
त्यसैगरी अघिल्लो वर्षको असोज मसान्तसम्म कम्पनीले ३ करोड १३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यस वर्ष १३.९२ प्रतिशतको वृद्धि सहित ३ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।
त्यसैगरी यस वर्ष कम्पनीको कुल सञ्चालन आम्दानी ३ करोड ४६ लाख रुपैयाँबाट १४ प्रतिशतले बढेर ३ करोड ९५ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १ करोड ११ लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्ष २ करोड ३० लाख रुपैयाँ घाटामा थियो।
त्यस्तै अघिल्लो वर्ष १४.४३ प्रतिशत रहेको कम्पनीको खराब कर्जा (एनपीएल) यस वर्ष घटेर १२.८३ प्रतिशतमा झरेको भए तापनि यो अझै पनि उच्च विन्दु हो। चुक्ता पूँजी ७ करोड ८३ लाख रुपैयाँ रहेको यस कम्पनीको रिजर्भमा २३ करोड ९१ लाख रुपैयाँ रहेको छ।


