
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार ४०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख ३८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला तीन हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।