
सिटिजन लाइफको सल्लिबजार शाखाले गर्यो १३ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी
			
				
                
                                                                    
                                                                
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सल्लिबजार शाखाले वैदेशिक रोजगार बीमा योजना अन्तर्गत मृत्यु दाबी रकम भुक्तानी गरेको छ।
उक्त योजनाअन्तर्गत सिम्ता गाउँपालिका–५ निवासी स्वर्गीय गोबिन्द बिककी श्रीमती सुशीला बिकलाई बीमांक रकम १० लाख, दाहसंस्कार खर्चका लागि १ लाख र आम्दानी नोक्सानीका लागि २ लाख गरी कुल १३ लाख रुपैयाँ भुक्तानी गरिएको हो।
कम्पनीका अनुसार मृतक बिक केही महिना अघि वैदेशिक रोजगारीबाट स्वदेश फर्किएर पुनः परिवारको जीवनस्तर उकास्न भारत मजदुरीका लागि गएका थिए। सोही क्रममा सडक दुर्घटनामा परी निधन भएको उनको शव केही दिनअघि मात्रै गाउँमा ल्याइएको थियो।
बीमितको मृत्युको जानकारी पाउनासाथ कम्पनीले तदारुकता देखाएर आवश्यक कागजात संकलन र प्रक्रिया पूरा गरी बीमितकी श्रीमतीलाई मृत्यु दाबी बापतको १३ लाख रुपैयाँ हस्तान्तरण गरेको हो।
उक्त बीमा रकम सिटिजन लाइफ इन्स्योरेन्स सल्लिबजार शाखाका प्रमुख मोलाल साहूको उपस्थितिमा बीमितका परिवारलाई कार्यालयमै बोलाई हस्तान्तरण गरिएको हो।
शाखा प्रमुख साहूले जीवन बीमाको आवश्यकता र महत्त्वबारे जानकारी दिंदै जीवन बीमा व्यक्ति रहँदा वा नरहँदा पनि परिवारलाई आर्थिक सुरक्षाको ढाल बन्ने बताए। उनले आगामी दिनमा सम्पूर्ण कागजात समयमै उपलब्ध गराए हप्ता दिनभित्र दाबी रकम हस्तान्तरण गर्न सकिने पनि उल्लेख गरे।


