
रेटिङमा अब्बल साबित हुँदै सन नेपाल लाइफ

काठमाडौँ । रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको जारीकर्ताको मूल्याङ्कनलाई सुधार गरेको छ ।
केयर रेटिङले कम्पनीको ‘केयर एनपी त्रिपल (इस्युअर रेटिङ्ग)’ लाई सुधार गरी ‘केयर एनपी त्रिपल बी प्लस’मा स्तरोन्नति गरेको हो ।
यो मूल्याङ्कन भएका जारीकर्ताहरूलाई नेपालमा वित्तीय दायित्वहरूको समयमै सेवा प्रदान गर्ने सन्दर्भमा मध्यम स्तरको सुरक्षा प्रदान गर्ने अवस्था जनाउने कम्पनीले जनाएको छ ।
यो उच्च मूल्याङ्कनले कम्पनीले आफ्ना वित्तीय दायित्वहरू पूरा गर्न अझ बढी सुरक्षित र सक्षम रहेको पुष्टि गर्दछ। साथै यो सफलताले ग्राहकलाई अझ बलियो विश्वास र ग्राहकका परिवारको अझ सुदृढ भविष्य सुनिश्चित गरेको कम्पनीले जनाएको छ ।


