
निरञ्जन फुयाँलले दिए नेप्सेको डीसीईओबाट राजीनामा



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कार्यवाहक डीसीओ निरञ्जन फुयाँलले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले असोज १० गतेबाट नै लागु हुने गरी राजीनामा दिएका हुन्।
हाल नेप्सेका कर्मचारीको आन्दोलनको कारण उनको राजीनामा स्वीकृत हुन भने बाँकी रहेको बेलामा फुयाँल नेप्सेबाट राजीनामा दिएर निजी क्षेत्रको कम्पनीमा जाने चर्चा सुरु भएको छ ।


