
प्रिओपन सेसनमा नेप्से परिसूचकमा १.४७ अंकको गिरावट

काठमाडौं । साेमबार प्रिओपन सेसनमा नेप्से परिसूचक १.४७ अंकले घटे को छ। आइतबार ३०.७५ अंक बढेर २६३१.१४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.४७ अंक घटेर २६२९.६६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ।
सोमबार प्रिओपन सेसनमा ३७ स्टकको ४५ पटकको कारोबारमा ८ लाख ३७ हजार ७५८ रुपैयाँ ३० पैसाबराबरको १ हजार ६३० कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ।


