
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

काठमाडौं । महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ ।
आज बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक बर्ष २०८१/०८२ को मुनाफाबाट नगद र बोनस लाभांश दिने प्रस्ताव गरेको छ ।
१०.३७ प्रतिशत लाभांश घोषणा गरेको बैंकले ५ प्रतिशत बोनस सेयर र कर सहित ५.३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको अगाामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


