
हबिब बैंकको हिमालयन बैंकमा रहेको शेयर किनेसँगै १ लाख २० हजार कित्ताको संस्थापक शेयरधनीमा नेशनल लाइफ

काठमाडौं । हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर नेशनल लाइफ इन्स्योरेन्सले २ कारोबार दिनमा किन्न सफल भएको छ।
यता, सोही नेशनलले बिहीबार र आज आइतबार दुई कार्यदिनमा सबै सेयर किनेको बेलामा दुई कारोबार दिनमा २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर ३ अर्ब ३३ करोड १ लाख १९ हजार ६९८ रुपैयाँमा कारोबार भएको जनाइएको हो ।
त्यस्तै, बिहीबार १ करोड ४० लाख ६ हजार २३० कित्ता सेयर १ अर्ब ६६ करोड ५० लाख ६० हजार ६२२ रुपैयाँमा कारोबार भएको थियो भने आज आइतबारको १ अर्ब ६६ करोड ५० लाख ५९ हजार ७६ रुपैयाँको १ करोड ४० लाख ६ हजार २३० कित्ता सेयर खरिद बिक्री भएको अवस्था छ।
सोही सेयर ४८ नम्बरको ब्रोकरले बिक्री गरेको छ भने ४४ नम्बर ब्रोकरबाट खरिद गरिएको तथा सम्झौता अनुसार नै २ कारोबार दिनमा २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर ३ अर्ब ३३ करोड १ लाख १९ हजार ६९८ रुपैयाँमा कारोबार हुन पुगेको छ।
पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको आफ्नो सेयर प्रतिकित्ता ११८.८८ रुपैयाँमा बिक्री गर्न भन्दै साउन २९ गते सम्झौता गरेको थियो भने हिमालयन बैंकमा रहेको १२।९३ प्रतिशत स्वामित्व अब नेशनल लाइफमा गएको छ । यसअघि नै हिमालयन बैंकमा नेशनलको १।२५ प्रतिशत स्वामित्व रहेको थियो । यो सँगै हिमालयन बैंकको ठूला सेयरधनीको पहिलो नम्बरमा नेशनल लाइफ इन्स्योरेन्स भएको अवस्था छ ।
साथै, हिमालयन बैंकबाट पाकिस्तानको हबिब बैंक हिमालयन बैंकबाट बाहिरिएको बेलामा सोही हबिबले हिमालयन बैंकबाट आफ्नो स्वामित्व बिक्री गरेसँगै राज्यले १३ करोड २२ लाख १८ हजार ७४९ रुपैयाँ पुँजीगत लाभकर पाएको छ भने हबिबले आफ्नो स्वामित्वमा रहेको सेयर नेशनल लाइफलाई बिक्री गरेसँगै राज्यलाई २५ प्रतिशत पुँजीगत लाभकर तिरेको अवस्था छ ।


