
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १४ हजार ६४६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
बैंकले हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। अतः सो शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।
शेयरको बिक्रीमूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ। तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट निवेदन नपरेमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख गरिएको छ।


