
एपोलो हाइड्रोमा पहिरो जाँदा ३० लाख बढीको क्षति

ओखलढुङ्गा । एपोलो हाइड्रोको पाइपमा पहिरो क्षति पुर्याउँदा ३० लाखभन्दा बढीको क्षति भएको छ ।
केही दिनदेखि परेको अविरल वर्षाका कारण आज केल्पु खोला माथिबाट आएको पहिरोले पाइपमा क्षति पुर्याएको हो । खिजीदेम्बा गाउँपालिका–७ र ८ को सिमानामा पर्ने केल्पु खोलाको बीचबाट एपोलो हाइड्रोको पाइप लगिएको छ ।
खोला माथिबाट आएको पहिरोले पाइप लाइनको ड्याम, फ्लटवाल, इन्टेक संरचना, दुई थान भल्बलगायत संरचनामा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार उक्त पहिरोले एपोलो हाइड्रोको करिब ३० लाख १० हजार बराबर क्षति भएको छ ।


