
कामना सेवा विकास बैंकको नाफा १२.९२ प्रतिशतले बढ्यो

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । असोज मसान्तसम्म बैंकले १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
बैंकको यो नाफा गत आवको सोही अवधिको तुनलामा १२.९२ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा बैंकले १७ करोड ४९ लाख ७९ हजार रुपैयाँ रहेको थियो । असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । त्यसको प्रभाव बैंकको नाफामा देखिएको छ ।
असोज मसान्तसम्म बैंकले ६१ करोड ७६ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ५१ करोड ८७ लाख ४१ हजार रहेको थियो । असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १३ करोड ५२ लाख २१ हजार रुपैयाँ रहेको छ । सेयरधनीलाई लाभांश दिने क्षमता १४.०१ रुपैयाँ रहेको छ ।
यस्तै बैंकको सञ्चालन नाफा २८ करोड ४६ लाख २८ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २५ करोड ६७ लाख ५६ हजार रुपैयाँ रहेको थियो । बैंकको खुद फि एण्ड कमिसन आम्दानी ८ करोड ४४ लाख २१ हजार रुपैयाँ रहेको छ ।
३ अर्ब ८६ करोड १९ लाख ३० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ८८ करोड ५१ लाख ४६ हजार रुपैयाँ रहेको छ । ६३ अर्ब ४ करोड ७ लाख ३ हजार रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ४४ करोड ९० लाख २६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
असोज मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी २०.४६ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १५२.३१ रुपैयाँ रहेको छ । असोज मसान्तसम्म बैंकको निष्कृय कर्जा ४.४१ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा ३.९६ प्रतिशत रहेको छ ।


