 
 
 
सरकारले गर्यो भिजिट भिसासम्बन्धी मापदण्ड परिमार्जन
 
			
				 
                 
                                                                    
                                                                
काठमाडौं । सरकारले भिजिट भिसासम्बन्धी मापदण्ड परिमार्जन गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट भिजिट भिसाका विद्यमान विभिन्न प्रावधान हटाएर सहज प्रावधान ल्याइएको हो ।
यसअघि भिजिट भिसामा लागू गरिएको ६ बुँदै मापदण्ड परिमार्जित गरिएको छ। जसको लागि पहिले आवश्यक पर्ने कागजपत्र अब देखाउन नपर्ने भएको छ। गृह मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट आजबाट नै लागू हुने गरी मापदण्ड परिवर्तन भएको अध्यागमनले जनाएको छ ।
अब भिजिट भिसामा विदेश जानको लागि होटल बुकिङ आवश्यक नपर्ने भएको छ। यसैगरी, ५ सय रुपैयाँ डलर हुनुपर्ने मापदण्ड पनि हटाइएको छ। ६ महिनाको वैध राहदानी, भिसा, प्रस्थान गर्ने मुलुकसम्मको टिकट र नागरिक स्वघोषणा भए पुग्ने भएको छ।
यसअघि भिजिट भिसामार्फत विदेश जानेका हकमा न्यूनतम ५ सय अमेरिकी डलर, दुईतर्फी हवाई टिकट, अग्रिम होटल बुकिङ वा स्पन्सरको प्रमाण अनिवार्य गरिएको थियो । तर, अबदेखि यो प्रावधान हटाइएको विभागले जनाएको छ ।



 
                                                                     
                                                                    