
हिमालयन लाइफको सिईओ बने कपिल कुमार दाहाल

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिल कुमार दाहालले नियुक्ती पाएका छन् ।
उनलाई कम्पनीको आज बसेको संचालक समितिले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सीईओमा कपिल कुमार दाहाललाई नियुक्त गरेको छ।
यससँगै उनी हिमालयन लाइफको दोस्रो सीईओ बन्न सफल भएका छन् । केही समय अघि मर्जरपछि स्थापित कम्पनीको सीईओको रुपमा मनोज कुमार लाल कर्ण कार्यरत थिए ।
उनले कम्पनीकै आन्तरिक कारणले राजिनामा दिएको खबर बाहिरीएको बेलामा सोही कम्पनीका डीसीईओ दाहालले सीईओ बन्ने मौका पाएका हुन् ।


