
सोल्टी होटलको लाभांश घोषणा

काठमाडौं । सोल्टी होटलले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
जसमा कर सहित १६.५७ प्रतिशत र बोनस १५ प्रतिशत रहेको छ ।
कम्पनीले मंसिर २८ गतेका लागि सभा बोलाएको छ । सभा प्रयोजनका लागि मंसिर ५ गतेदेखि बुक क्लोज गर्ने जनाएको छ ।
मंसिर ४ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।


