
प्रहरीका ५ जना एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।
गृह मन्त्रालयका सचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको बढुवा समितिले डीआईजी बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिस समितिका अनुसार भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अवि नारायण काफ्ले रहेका छन् । यी ५ जनाको नाम सिफारिस गरिएको हो ।


