
नेप्से परिसूचक बढ्यो

काठमाडौं । आइतबार सेयर बजार मापक नेप्से परिसूचक ५.१९ अंक बढेर २५०९.०४ विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स ०.६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१५ अंक घटेको छ भने फ्लोट इण्डेक्स स्थिर रहेको छ। तिहारअघिको अन्तिम कारोबार दिन २ अर्ब ७९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा २ अर्ब ६६ करोड १३ लाख २ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ । बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.०५ प्रतिशत बढेको छ। यसैगरी, आज जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ।
आज एसबिएल डिबेञ्चर २०८९ को मूल्य सबैभन्दा धेरै बढेको छ । यस कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेको छ। यसैगरी, आज समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब ९ प्रतिशत बढेको छ । आज कारोबारमा आएको तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य यस दिन सर्वाधिक ७.१६ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज ३२ करोड ४९ लाख ६१ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।


