
केही वाणिज्य बैंकहरुको लाभांश घोषणा

काठमाडौं । बैंकको लाभांशको बारेमा अधिकांश ग्राहक तथा लगानीर्ताहरुमा ठूलो चासो रहने गर्छन । यसरी मुख्य ध्यान खिच्न सफल हुने लाभांशको घोषणा केही बैंकहरु गरेका छन् ।
अहिले सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये अहिलेसम्म ७ वटा बैंकले मात्रै लाभांश घोषणा गरेको बेलामा बैंकहरुले आर्थिक वर्ष २०८१र८२ का नगद तथा बोनस घोषणा गरेको अवस्था छ ।
यता, हालसम्मको अवस्थामा ग्लोबल आइएमई, एभरेष्ट, माछापुच्छ्रे, स्टयान्डर्ड चार्टर्ड, सिटिजन्स, सानिमा र सिद्धार्थ बैंकले लाभांश दर सार्वजनिक गरेका हुन्
माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत लाभांश वितरण गरेको बेलामा ४ प्रतिशत बोनस र करसहित ४ प्रतिशत नगद लाभांश दिएको हो ।
सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ७.३६८५ प्रतिशत लाभांश दिएको बेलामा कात्तिक २ गते सम्पन्न सभाले उक्त लाभांश पारित गरेको हो ।
ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट करसहित ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको बेलामा त्यस्तो प्रस्ताव पारित गर्न बैंकले कात्तिक २६ गतेका लागि साधारण सभा बोलाएको हो।
सिटिजन्स सिटिजन्स बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको बेलामा यता स्ट्याण्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई गत आवको नाफाबाट सेयरधनीलाई कर सहित १९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
एभरेष्ट बैंकले गत आवको नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको बेलामा ६ प्रतिशत बोनश सेयर र करसहित १४ प्रतिशत नगद लाभांश दिने जनाएको हो ।
सिद्धार्थ बैंकले गत आवको नाफाबाट १०।५३ प्रतिशत लाभांश दिने जनाएको बेलामा ५ प्रतिशत बोनस सेयर र ५।५३ प्रतिशत करसकित नगद लाभांश दिने जनाएको हो।
अधिकांश अवस्थामा लगानीकर्ताहरुलाई बैंकहरुले दिने एकोरोहोदेखि दोहोरो अंकको लाभांशले समेत ध्यान खिच्ने गरेको पाइन्छ ।


