


लघु बीमा कम्पनीहरुको दायरा थप फराकिलो बनाउन जरुरी




काठमाडौं । नेपाल बीमा प्राधिकरणले जन्म दिएको तर कर्म दिन केही कन्जुस्याईं गरेको आरोप लघु बीमकहरुले सुनाउने गरेका छन् । उनीहरु भित्रै यस्तो गाईगुई चलिरहेको बेलामा लघु बीमा कम्पनीहरुको व्यवसायीक भोलुम निकै सानो रहेकोमा समेत बेलामा बेलामा टिप्पणी हुने गर्छ । अब त लघू बीमा कम्पनीहरु आइ नै सके । तर, लघू बीमा केका लागि र कतिका लागि ल्याइएको हो ? भन्नेमा पनि केही खोजी हुनु पर्ने जानकारहरु सुझाव दिन्छन् ।
त्यस्तै, आगामी दिनमा लघु बीमा कम्पनीहरुले बण्डल प्याकेज प्रोडक्ट सामूहिक रुपमा जोखिम धारण गर्ने बीमालेख नयाँ उत्पादन ल्याउन जरुरी रहेको सुझाव दिइएको बेलामा नेपाल सरकारको बजेट बक्तव्य र बीमा ऐनले नै माग गरेकाले लघु बीमा कम्पनीहरु संचानमा आएको अवस्था छ। त्यसरी लघु बीमा कम्पनीहरुलाई संचालन इजाजत अनुमति पत्र लाइसेन्स वितरण गरे पनि लघु बीमा कम्पनीहरुले गर्नुपर्ने कामको स्पष्टमा अझै केही अधुरोपन देखिन्छ।
अब लघु बीमा कम्पनीहरु प्रविधि मैत्री बन्दै बजारको जोखिम अध्ययन गरेर त्यसलाई सम्बोधन गर्ने किसिमको बीमालेख जारी गर्न जरुरी छ।
लघु बीमामा अझै पनि कतिपय बजार मैत्री प्रोडक्ट ल्याउन सके उसको दायरा बिस्तारमा अझै स्पष्टता आउने छ ।
एक बीमकका अघिकारीले बीमा प्राधिकरणले केही नीतिगत रुपमा व्यवसायीक सहजिकरण गरे अर्बौं रुपैयाँको व्यवसाय गर्न सफल रहेको समेत दाबी गरेका छन् । यद्यपी उनी विभिन्न निर्जीवन बीमा कम्पनीहरुमा लामो समय काम गरेर अहिले एक लघु बीमा कम्पनीमा कार्यरत रहेको बताउछन् ।
त्यस्तो दायरालाई बीमाशुल्क मात्र नभई अन्य आधारमा समेत मापन गर्नु पर्ने लघु बीमकहरुले सुनाएका छन् ।