


हिमालयन डिष्टिलरीको २५ प्रतिशत लाभांश घोषणा, साधारणसभा आह्वान




काठमाडौ । हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैकठले गत आर्थिक वर्षको मुनाफा तथा संचित मुनाफा समेतबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो।
उक्त घोषित लाभांश पारित गर्नका लागि कात्तिक ३० गते आइतबार बिहान १० बजे पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ लिपनिविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा साधारणसभा बोलाएको छ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक २० गते एक दिन बुक क्लोज गर्ने पनि निर्णय गरेको छ।