


ईदी हाइड्रोपावरको आईपीओ निष्कासन ऐजेन्डा साधारणसभाबाट पारित




काठमाडौं । ईदी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ निष्कासनको एजेण्डा सहित असोज ३० गते बसेको वार्षिक साधारणसभा सम्पन्न भएको छ।
कम्पनीका सञ्चालक समितिका सदस्यहरू, शेयरधनीहरू तथा अन्य आमन्त्रित अतिथिहरूको उपस्थितिमा सभा सम्पन्न भएको हो। यस कम्पनी अन्र्तगत सञ्चालनमा रहेको आयोजनाले गत वैशाखदेखि विद्युत उत्पादन गरी बिक्री वितरण गर्दै आइरहेको छ।
कम्पनीले आईपीओ निष्कासन, गत आर्थिक वर्ष (आव) को लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृत गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण, व्यक्ती वा संस्थाहरूलाई रणनैतिक साझेदारको रूपमा संस्थापक शेयरधनी भित्र्याउने लगायत प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन सहितका ऐजेन्डाहरू पारित गरेको छ।
साथै कम्पनीले निर्वाचन पक्रियाबाट सञ्चालक समिति समेत चयन गरेको छ। नयाँ सञ्चालक समितीमा युरेसमान कायस्थ, आनन्द चौधरी, कृष्ण प्रसाद खाताखो, तिर्थ राज पुरी र दिपिका प्रधान चयन भएका छन्। सभामा अध्यक्षले आगामी दिनहरूमा कम्पनीले अन्य आयोजनाहरूमा लगानी गर्दै जाने योजना समेत रहेको सभा समक्ष जानकारी गराएका थिए।