


जेनजी आन्दोलनमा बीमकलाई पर्यो २३ अर्ब १९ करोडको दाबी




काठमाडौं । नेपाल बीमा प्राधिकरणका अनुसार भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षति बापत बीमा कम्पनीमा २३ अर्ब १९ करोड ८६ लाख रुपैयाँ दाबी परेको जनाइएको छ । सोही प्राधिकरणका अनुसार विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा कुल ३ हजार १६३ वटा बीमा दाबीको रहेको बताइएको हो।
त्यस्तै, भदौ २८ गतेसम्म बीमा कम्पनीले अग्रिम भुक्तानीसहित १ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ रहेको बेलामा कुल बीमा दाबीमध्ये सम्पत्ति बीमातर्फ ६७३ वटा दाबी परेको र दाबी रकम करिब १९ अर्ब ७१ लाख रुपैयाँ रहेको छ । सम्पत्ति बीमामा हालसम्ममा अग्रिम भुक्तानी समेत बीमकहरूले करिब १ अर्ब ५५ करोड १७ लाख रुपैयाँ दाबी भुक्तानी गरिसकेको अवस्था छ।
यता, मोटर बीमामा २ हजार २५६ वटा दाबी परेको र दाबी रकम करिब ३ अर्ब ४४ करोड ९५ लाख रुपैयाँ रहेको बेलामा बीमकहरूबाट मोटर बीमामा हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव ३६ करोड २५ लाख रुपैयाँ दाबी भुक्तानी भएको हो ।
त्यसरी नै इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १८२ वटा दाबी परेको र दाबी रकम करिब ३३ करोड १८ लाख रुपैयाँ रहेको तथा बीमकहरूले इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमामा हालसम्ममा अग्रिम भुक्तानी समेत करिब ३ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन् । प्राधिकरणका अनुसार परिवहन बीमातर्फ १२ वटा र दाबी रकम १ करोड ६३ लाख रुपैयाँ रहेको छ । सोही बेलामा अन्य बीमातर्फ बीमा ४० वटाको दाबी रकम करिब ३८ करोड ८६ लाख रुपैयाँ रहेको छ । जसमा हालसम्म २२ लाख रुपैयाँ दाबी भुक्तानी भएको प्राधिकरणले जनाएको हो ।