


प्रिओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो




काठमाडौं । प्रिओपन सेसनमा बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
बुधबार २२.५८ अंक घटेर २५०५.५८ विन्दुमा नेप्से बन्द भएको छ । आज सो सेसनमा ०.१४ अंक बढेर २५०५.७२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५० अंक बढेको छ।
बिहीबार प्रिओपन सेसनमा २२ स्टकको २२ पटकको कारोबारमा ९ लाख ६७ हजार १११ रुपैयाँबराबरको ८०० कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने १० स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।