


प्रधानमन्त्री कार्कीको प्रेस संयोजकमा रामबहादुर रावल नियुक्त




काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा पत्रकार रामबहादुर रावल नियुक्त भएका छन् । नेपाल खबरको सम्पादक रहेका रावल यसअघि विभिन्न मिडियामा विशेषगरी अदालती रिपोर्टिङ गरेको अनुभव छ ।
बाजुराका रावलले नेपाल एफएम,ग्यालेक्सी टिभी, कान्तिपुरलगायतका मिडियामा काम गरेका छन् । प्रधानमन्त्री कार्कीको प्रेस संयोजकमा नियुक्त भएसँगै उनले नेपाल खबरको सम्पादकबाट राजिनामा दिएका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गरेका रावल कानुनमा स्नातक हुन्।