


संसद् विघटनविरुद्ध एमाले सर्वोच्च नजाने




काठमाडौं । नेकपा एमाले संसद् विघटनविरुद्ध सर्वोच्च नजाने भएको छ। यसअघि गुण्डुमा बसेको सचिवालय बैठकले संसद् विघटनको विरोध गर्दै अदालत जाने निर्णय गरेको थियो।
एमालेले संसद् विघटन र प्रधानमन्त्री सुशीला कार्की नियुक्ति संवैधानिक रूपमा नभएको भन्दै प्रश्न उठाउँदै आएको छ।
एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संस्थागत रुपमा पार्टी नै रिट लिएर सर्वोच्च नजाने बताएका छन् । उनले भने, ‘आजै ५ वटाभन्दा धेरै रिट परिसकेका छन्, यो क्रम अझै बढ्छ नै। हामीले संसद् विघटनको विरोध गरेका छौं। हामीले राजनीतिक निर्णय गरेका छौं। तर, निवेदन लिएर जाँदैनौं।’