


सामसङको अफरः ग्यालेक्सी मोबाइल किन्नेलाई वाच र बड्समा ५३ प्रतिशतसम्म छुट




काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि नयाँ अफर सार्वजनिक गरेको छ। जसअनुसार ग्राहकहरूले सामसङका नयाँ ग्यालेक्सी मोबाइल किन्दा ग्यालेक्सी वाच (घडी) र बड्स (इयरफोन) हरूमा छुट पाउनेछन्।
यो अफर सीमित समयका लागि मात्रै लागू हुने सामसङले जनाएको छ। अफर अन्तर्गत ग्यालेक्सीका नयाँ फ्ल्यागशिप, ए सिरिज वा एम सिरिज मोबाइल खरिद गर्नेले चुनिएका ग्यालेक्सी वाच ८ सिरिज र बड्स ३ मोडलहरूमा ५३ प्रतिशतसम्म छुट पाउनेछन्।
सामसङका अनुसार यी उपकरणहरूमा रक्तचाप नाप्ने, मुटुको धड्कन जाँच्ने, स्वास्थ्य निगरानी गर्ने सुविधा तथा अत्याधुनिक ध्वनि अनुभव जस्ता विशेषता छन्। साथै सबै उपकरणहरू एउटै सामसङ प्रणालीभित्र सजिलै जडान हुने भएकाले प्रयोगकर्ताको अनुभव अझ सहज र आधुनिक हुने कम्पनीले जनाएको छ।
सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘सामसङमा हाम्रो लक्ष्य सधैं एक कनेक्टेड इकोसिस्टम सिर्जना गर्नु रहेको छ जसले दैनिक जीवनलाई सरल र समृद्ध बनाउँछ। यस मल्टी–बाइ अफर मार्फत हामी हाम्रा ग्राहकहरूलाई ग्यालेक्सी कनेक्टिभिटीको पूर्ण शक्ति अनुभव गर्न सजिलो बनाउन चाहन्छौं स्मार्ट हेल्थ ट्र्याकिङदेखि सिमलेस कम्युनिकेसनसम्म; सबै एउटै एकीकृत इकोसिस्टम भित्र।’
यो अफर नेपालभरका सामसङ अधिकृत पसलहरूमा लागू हुनेछ। साथै हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा मोबाइल किन्न सक्ने सामसङले जानकारी दिएको छ।