


बिग मर्जरबाट स्थापित हिमालयन लाइफ इन्स्योरेन्सका सीईओ : (सीईओ) रहेनन्




काठमाडौं । नेपाली बीमा क्षेत्रमा तीन ठूला बीमा कम्पनीहरु तत्कालिन गुँराश, प्राईम र यूनियन लाइफ इन्स्योरेन्सको मर्जरबाट स्थापित हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत सीईओ मनोज कुमार लालकर्णले राजिनामा दिएका छन् । नेपाली बीमा क्षेत्रमा जीवन र निर्जीवन बीमा कम्पनी दुबै किसमका बीमकको अनुभव हाँसिल गर्ने निकै कम सीईओ मध्ये उनी एक हुन् ।
तत्कालिन यूनियन लाइफमा समेत निकै राम्रो व्यापार गर्न सफल भएको र नयाँ कम्पनीलाई उचाई दिएको कारण बेला बेलामा उनी चर्चामा आउँने गर्थे । यससँगै उनै कर्णले दिएको राजिनामा बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले समेत सदर गरेको अवस्थामा उनी अब सीईओ पदमा नरहेका हुन् ।
यता, हिमालयन लाइफका डिसीईओ कपिल कुमार दाहाललाई निमित्त सीईओको जिम्मेवारी दिइएको छ । निमित्त सीईओ दाहालसँग पनि जीवन बीमा क्षेत्रको लामो अनुभव रहेको छ ।
बीमा क्षेत्रमा मर्जरपछि कुनै पनि कम्पनीले खाईपाई आएको सेवा सुविधा कटौती नगर्ने र यस्तो मर्जरलाई दक्षिण एशियाकै नमुमा बनाउने घोषणा गरेर तीन कम्पनी एक साथ मर्जर गराएर पनि सीईओ कर्णले आफ्नो कार्यकाल पूरा नहुँदै कम्पनीबाट बिदा लिनु पर्ने बाध्यात्मक अवस्थाको सिर्जना भएको हो ।