


विदेशमा जिन्दगी सजाउने सपना देखेका यूवा बाकसमा प्याक, बाबु-आमाको काखमा जवान छोराको लास




काठमाडौं । आफ्नो देशबाट परदेशमा पुगेका एक यूवा जसले पक्कै पनि जिन्दगी झिलिमिली बनाउने सपना बुनेका हुन्छन् । तर, नियतिको अस्त्र त्यति तितो र नमिठो गरी बजारीन्छ भन्ने कल्पना कसलाई हुन्छ ?
त्यस्तै भूरीमा फस्न पुगे एक नेपाली यूवा नागरिक बिपिन जोशी ।
लामो समयदेखि हमास युद्धको अकारण प्रत्यक्ष प्रभाव भोग्नु परेको खबरले उनको परिवारलाई मात्र नभई सारा मुलुकको ध्यान खिच्यो । तर, उनी यस्तो परिबन्दमा बाधिन पुगेका रहेछन् कि कसैले कल्पना समेत गरेका थिएनन् ।
बन्दकहरुलाई फुकुवा गर्ने क्रममा उनै जोशीको बारेमा सबैले चासो दिएको अवस्था थियो । तर, आज मात्रै उनी जिवित नहरेको खबरले जो कोहीलाई स्तब्ध मात्रै तुल्याएको छैन विश्वमा हुनै कुनै पनि किसिमको हिंसालाई सधा लागि पैताला मुनि दबाउन पाए हुन्थ्यो भन्नेसम्म बनाएको छ ।
भनिन्छ कसले यो संसारमा कति दिन के-कस्तो भाग भोग लिएरका आएका छन् ? त्यो त मात्रै सातौं दिनमा भाविले कोरेको भाग्य रेखामै सिमित हुने बताइन्छ । तर, एक जवान यूवा बिपिन जोशी कलिलो उमेरमा हरियो पासपोर्ट बोकेर परदेशी भुमिमा टेक्छन्, कारण जे सुकै होस् । चाहे उनी पढ्न जाउन वा जागिर खान त्यो उनको व्यक्तीगत स्वतन्तत्रताको कुरा हो ।
तर, आज एउटै आवाज गुन्जिएको छ यूद्ध वास्तमा कति क्रुर निर्दयी हुन्छ भन्ने । कहिल्यै पनि जीवन भर नमेटिले आलो घाउ र बिपिनको परिवार र आफन्तजनले पाएका छन् । पक्कै पनि यस्तो बेलामा समग्र देशले नै समवेदना व्यक्त गरेको अवस्था छ ।
उनको आत्मा अमर रहोस्, अजर रहोस् । उनले पालेका कतिपय सपनाका मार्ग चित्र पहिल्याउन उनका परिवारलाई सान्तवना, सहानुभूती, सदासयता र भगवानको आर्शिवाद मिलि रहोस् ।
अकाल एवम अकारण मृतुवरण गरेका एक नेपाली यूवा बिपिन जोशी प्रति हार्दिक श्रदाञ्जली ।